वीर अस्पतालमा आन्द्रा सुन्निने रोगको ओपिडी सञ्चालनमा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

वीर अस्पतालमा आन्द्रा सुन्निने रोगको ओपिडी सञ्चालनमा


३ बैशाख २०८१, सोमबार


काठमाडौँ । वीर अस्पतालले ग्यास्ट्रोइन्टेरोलोजीको हप्ताको एक दिन विशेष ओपिडी सेवा सुरु गरेको छ ।

ग्यास्ट्रोइन्टेरोलोजी विभागका प्रमुख डा. मुकेश शर्माका अनुसार हरेक सोमबार ग्यास्ट्रोको विशेष ओपिडी सेवा सञ्चालनमा आएको हो ।

आन्द्रा सुन्निने, अल्सरेटिभ कोलाइटिस, क्रोन्स डिजिज्‌जस्ता रोगको उपचारलाई प्रभावकारी बनाउनका लागि साताको एक दिन विशेष बहरिंग सेवा सुरु गरिएको शर्माले जानकारी दिए ।

अस्पताल प्रशासनका अनुसार विशेषज्ञ ओपिडी सेवा लिनका लागि बिरामीहरूले हरेक हप्ताको सोमबार दिउँसो १ बजेदेखि ३ बजेसम्म अस्पतालको ग्यास्ट्रोइन्टेरोजोलीको ओपिडी रहेको दोस्रो तलाको कोठा नं। २३१ नम्बरमा सम्पर्क गर्नुपर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस