दुर्गा प्रसाईँको हतियारबारे छानबिन समितिले माग्यो थप १० दिनको समय « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

दुर्गा प्रसाईँको हतियारबारे छानबिन समितिले माग्यो थप १० दिनको समय


३ बैशाख २०८१, सोमबार


काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले हतियारको लाइसेन्स पाएको सन्दर्भमा छानबिन गर्न बनेको समितिले गृह मन्त्रालयसँग १० दिन थप समय मागेको छ ।

केही परीक्षणको रिपोर्ट प्राप्त नभएको र प्रतिवेदन लेखनको कामसमेत सक्न समय लाग्ने भन्दै सह–सचिव राजेन्द्रदेव पाण्डे नेतृत्वको चार सदस्यीय समितिले समय थप गर्न माग गरेको हो । समितिमा गृह मन्त्रालयका उपसचिव ऋषि पौडेल, एकदेव अधिकारी र नेपाल प्रहरीका एसपी सन्तोष भट्टराई छन् ।

एक सदस्यका अनुसार हतियारबारे परीक्षण गर्न प्रहरी प्रधान कार्यालय, नक्साललाई गरिएको पत्राचारको जवाफ प्राप्त भइसकेको छैन ।

प्रसाईँका सुरक्षागार्ड ५ चैतमा अत्याधुनिक हतियारसहित सर्वोच्च अदालतको गेट अगाडिबाट पक्राउ परेका थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस