सेयरको भित्री कारोबार र जालसाजीमा प्रहरीले नै अनुसन्धान गर्ने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सेयरको भित्री कारोबार र जालसाजीमा प्रहरीले नै अनुसन्धान गर्ने


३ बैशाख २०८१, सोमबार


काठमाडौँ । धितोपत्र बजारमा भित्री कारोबार, जालसाजी, झुटो वा कृत्रिम कारोबार भएमा अब प्रहरीले नै अनुसन्धान गर्ने भएको छ ।

धितोपत्र सम्बन्धी ऐन २०६३ को बुँदा नम्बर १०३ लाई संशोधन गर्दै यस्तो व्यवस्था गरिएको हो । राजपत्रमा प्रकाशन गरी ऐन कार्यान्वयनमा ल्याइएको छ ।

संशोधित ऐनअनुसार अब सेयरको भित्री कारोबार, जालसाजी, कृत्रिम वा झुटो कारोबार गरी मूल्य उतारचढाव वा स्थिर गराएमा, मिलेमतोमा कारोबार गर्ने गराउने गरेमा, झुक्याउने विवरण दिएमा, जालसाजीयुक्त कारोबार गरेमा वा कसैलाई झुक्यानमा पारेमा त्यस्ता उजुरीको अनुसन्धान प्रहरीले गर्ने भएको हो ।

यी कसुरका उजुरीहरू अनुसन्धान गर्ने निकाय वा धितोपत्र बोर्डमा परेमा बोर्डको अधिकृत स्तरको कर्मचारीमार्फत त्यस्ता उजुरीको प्रारम्भिक जाँचबुझ गराउने र कसुर गरेको देखिएमा प्रहरीमार्फत अनुसन्धान गरी जिल्ला अदालतमा मुद्दा दायर गर्न सक्ने व्यवस्था गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस