महिला मन्त्रालयमा सचिव दिनेश भट्टराईको स्वागत « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

महिला मन्त्रालयमा सचिव दिनेश भट्टराईको स्वागत


३ बैशाख २०८१, सोमबार


काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा भई आएका सचिव दिनेश भट्टराईलाई मन्त्रालयमा स्वागत गरिएको छ । सोमबार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी कर्मचारीहरूले नयाँ सचिव भट्टराईलाई स्वागत गरेका हुन् ।

स्वागत कार्यक्रममा बोल्दै सचिव भट्टराईले कर्मचारीहरूलाई नयाँ ऊर्जा र योजनाका साथ काम गर्न निर्देशन दिँदै टिम स्प्रिटमा विश्वास गर्ने बताए । शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका सचिव भट्टराईलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरेको थियो ।

त्यस अवसरमा यसअघिका सचिव सुमनराज अर्यालको बिदाइ समेत गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस