चरित्र हत्या आरोपमा पक्राउ परिन् रश्मिला धामी « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

चरित्र हत्या आरोपमा पक्राउ परिन् रश्मिला धामी


३ बैशाख २०८१, सोमबार


काठमाडौँ । सामाजिक सञ्जालबाट व्यक्तिको चरित्र हत्या गरेको आरोपमा प्रहरीले बझाङकी रश्मिला धामीलाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई काठमाडौँको टोखाबाट पक्राउ गरेको हो । एक युवतीले सामाजिक सञ्जालबाट आफ्नो चरित्र हत्या गरेको भन्दै उजुरी दिएपछि उनलाई पक्राउ गरेको साइबर ब्युरो स्रोतले जानकारी दिएको छ ।

आइतबार पक्राउ परेकी उनीमाथि अनुसन्धानका लागि हिरासतमा राख्न प्रहरीले अनुमति माग गर्दै सोमबार जिल्ला अदालत काठमाडौँमा पेश गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस