नेपाल र हङकङबीचको खेल वर्षाका कारण रोकियो « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपाल र हङकङबीचको खेल वर्षाका कारण रोकियो


३ बैशाख २०८१, सोमबार


काठमाडौँ । एसीसि मेन्स प्रिमियर कप अन्तर्गत सोमबार हुने लागेको नेपाल र हङकङबीचको आजको खेलमा वर्षाका कारण रोकिएको छ।

निर्धारित समय अनुसार ११ः४५ मा हुने भनिएको यो खेल पानी परेपछि रोकिएको हो। यो खेल ओमानको अल अमेरात क्रिकेट ग्राउन्डमा हुदैछ। नेपाल लगातार तेस्रो जितका लागि मैदानमा उत्रिँदै छ।

साबिक विजेता समेत रहेको नेपालले यसअघिका आफ्ना दुबै खेलमा सानदार जित हात पारेको छ।

प्रतियोगिता अन्तर्गत नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले हराउँदै जित हात पारेको थियो भने दोस्रो खेलमा कतारलाई ३२ रनले पराजित गरेको थियो।

आजको खेलमा विश्व कीर्तिमान कायम गरेका दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, गुलशन झा, करण केसी, सोमपाल कामी लगायतमा विशेष नजर रहने छ।

नेपाल र हङकङबीच हेड टु हेड म्याच हुनेछ। कारण, दुबै टोलीबीच भएका पछिल्लो ५ खेलमा दुबैले समान २÷२ खेलमा जित हात पारेको छ। एक खेल नतिजाविहीन बनेको थियो।

२०२० मा भएको खेलमा हङकङले नेपाललाई ४३ रनले पराजित गरेको थियो भने सन् २०२३ मा भएको २ खेलमा नेपालले हङकङलाई ६ विकेट र ७९ रनले पराजित गरेको थियो। जबकि यसैवर्ष सन् २०२४ मा भएको खेलमा नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो। सन् २०२४ कै मार्चमा भएको खेल नतिजाविहीन बनेको थियो।

यसरी हेर्दा आजको खेलमा जित निकाल्न नेपालका लागि सहज भने हुने छैन। नेपालका ब्याट्सम्यान र बलर दुबैले आफ्नो शतप्रतिशत दियो भने हङकङविरुद्धको खेलमा जित निकाल्न सक्छ।

समूह ‘ए’ मा रहेको नेपाल आफ्ना दुबै खेलमा जित निकाल्दै ४ अङ्क जोडेर तालिकाको शीर्ष स्थानमा रहेको छ भने हङकङ १ खेलमा जित निकाल्दै १ मा पराजित हुँदै २ अङ्क जोडेर तालिकाको चौथो स्थानमा रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस