प्रस्तावित महालेखापरीक्षक रायाविरुद्ध दुई उजुरी, सुनुवाइ मंगलबार « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रस्तावित महालेखापरीक्षक रायाविरुद्ध दुई उजुरी, सुनुवाइ मंगलबार


३ बैशाख २०८१, सोमबार


काठमाडौँ । प्रस्तावित महालेखापरीक्षक तोयम रायाको सुनुवाइ वैशाख ४ गते (मंगलबार) हुने भएको छ । उजुरीको समयसीमा सकिएपछि संसदीय सुनुवाइ समितिले रायाको सुनुवाइ प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

समितिको आइतबारको बैठकले रायामाथि परेका दुई उजुरी सदस्यहरूलाई वितरण गर्दै सुनुवाइको मिति तय गरेको हो । समितिमा रायाविरुद्ध ट्रान्सपरेन्सी इन्टरनेसनलले उजुरी दर्ता गरेको छ । यस्तै एउटा उजुरी इमेलमार्फत प्राप्त भएको समिति सचिवालयले जनाएको छ ।

ट्रान्सपरेन्सीको उजुरीमा राया महालेखापरीक्षक हुनु प्रत्यक्ष स्वार्थ जोडिने भएकाले नियुक्तिका लागि अनुमोदन नगर्न आग्रह गरिएको छ भने इमेलमार्फत प्राप्त उजुरीमा उनी कुनै दलनिकटको व्यक्ति भएको आक्षेप लगाइएको छ । समितिले गत चैत १९ गते रायाविरुद्ध उजुरी आह्वान गरेको थियो ।

संवैधानिक परिषद्को गत चैत १८ को बैठकले रायालाई महालेखा परीक्षकमा सिफारिस गरेको थियो । नियुक्तिपूर्व संसदीय सुनुवाइको प्रावधान अनुसार परिषद्ले सुनुवाइ प्रक्रिया लागि समितिमा नाम पठाएको थियो । सुनुवाइ प्रारम्भ गरेको ४५ दिनभित्र सम्पूर्ण प्रक्रिया पूरा गरिसक्नुपर्ने हुन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस