प्रधान सेनापतिसँग भारतीय सेनाका लेफ्टिनेन्ट जनरलको भेटवार्ता « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

प्रधान सेनापतिसँग भारतीय सेनाका लेफ्टिनेन्ट जनरलको भेटवार्ता


२ बैशाख २०८१, आइतबार


काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्मासँग भारतीय सेनाका लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायर एके सिंहले शिष्टाचार भेटवार्ता रेका छन् । नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा भएको शिष्टाचार भेटवार्तामा उनीहरुबीच द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्नेलगायत विषयमा छलफल भएको थियो ।

साथै लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायरले भारतीय राजदूतावासमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गर्नुभएको थियो । उनी नेपालको औपचारिक भ्रमणका लागि गत चैत २६ गते काठमाडौँ आएका थिए।

भ्रमणका दौरान उनले भारतीय गोर्खा सैनिक निवास, पेन्सन भुक्तानी कार्यालय, पोखरा र पेन्सन भुक्तानी कार्यालय, धरानको भ्रमण गरेको भारतीय दूतावासले जनाएको छ । साथै उनले काठमाडौँ, पोखरा र धरानमा नेपालमा बसोबास गरिरहेका भूतपूर्व गोर्खा सैनिक सम्मिलित र्‍यालीलाई सम्बोधन गरेका थिए । लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायरले गोर्खा सैनिकको बहादुरीको प्रशंसा गर्दै उनीहरूको साहस र राष्ट्रप्रति देखाएको समर्पित भावको कदर गरेको थिए । भूतपूर्व वीर गोर्खा सैनिकको अमूल्य त्याग एवम् बलिदानीको स्मरण गर्दै लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायरले गोर्खा सैनिकको कल्याणका लागि असम राइफल्स, भारतीय सेना तथा भारत सरकार सदैव प्रतिबद्ध रहने बताएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस