आगामी सिजनमा मल अभाव नहुने कृषि मन्त्रालयको दाबी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

आगामी सिजनमा मल अभाव नहुने कृषि मन्त्रालयको दाबी


२ बैशाख २०८१, आइतबार


काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आगामी सिजनमा रासायनिक मलको अभाव नहुने दाबी गरेको छ । मन्त्रालयले आगामी वर्षा सिजनका लागि रासायनिक मलको अभाव नहुने दाबी गरेको हो । 

मन्त्रालयका अनुसार हाल ९९ हजार ३५ मेट्रिक टन रासायनिक मल मौज्दात छ ।  यसमध्ये ७० हजार ५६० मेट्रिक टन कृषि सामाग्री कम्पनीसँग मौज्दात भएको छ  भने २८ हजार ४७५ मेट्रिक टन मल साल्ट ट्रेडिङ्ग कम्पनी लिमिटेड मल मौज्दात छ ।  

यस्तै, ७५ हजार ९६६ मेट्रिक टन युरिया मल मौज्दात छ । डीएपी १६ हजार ८३५ मेट्रिक टन  र पोटास ६ हजार २३४ मेट्रिक टन मौज्दात छ । 

यस्तै, ३ लाख २२ हजार ३६९ मेट्रिक टन मल ल्याउने प्रक्रियामा रहेको बताइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस