काठमाडौँ । सगरमाथा, ल्होत्से तथा नुप्तसे हिमाल सफाइका लागि हिँडेको नेपाली सेनाको टोली स्याङ्गबोचे पुगेको छ।
सफा हिमाल अभियान(२०२४ अन्तर्गत १२ जना सैनिक र एक जना शेर्पा सरदारसहित १३ जनाको टोली नेपाली सेनाको हवाइ साधन मार्फत आइतबार स्याङ्गबोचे इलाकामा अवतरण भएको हो।
अभियानलाई प्रभावकारी बनाउन यो टोलीले स्थानीयसँग अन्तरक्रिया गर्नेछ। करिब ७ दिन पदयात्रा गरी सगरमाथा आधार शिविरमा पुग्ने योजना रहेको नेपाली सेनाले जनाएको छ।
यो टोलीले करिब १० टन फोहोर र ५ वटा मानव शव संकलन गर्ने लक्ष्य लिएको छ।
चैत २९ गते जङ्गी अड्डामा एक कार्यक्रम गरी प्रधान सेनापति प्रभुराम शर्माले सेनानी आदित्य कार्कीलाई अभियानको झण्डा हस्तान्तरण गरेका थिए।