एमालेको राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकमा २५०० जना सहभागी हुँदै « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

एमालेको राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकमा २५०० जना सहभागी हुँदै


२ बैशाख २०८१, आइतबार


काठमाडौँ । नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकमा करिव २५०० सहभागी हुने भएका छन् ।

राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकमा २१५३ जना महाधिवेशन प्रतिनिधिसहित करिब २५ सय जना सहभागी हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । वैशाख ८ र ९ गते ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने उक्त बैठकबारे छलफल गर्न आइतबार एमालेको सचिवालय बैठक बसेको थियो ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले सङ्गठनात्मक प्रतिवेदन पेश गर्ने ज्ञवालीले जानकारी दिए ।

एमालेले वैशाख १० गते नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको अवसरमा विशेष कार्यक्रम समेत गर्ने निर्णय गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस