गरिमा विकास बैंकका सिइओ उपाध्यायले गरे पदबहाली « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

गरिमा विकास बैंकका सिइओ उपाध्यायले गरे पदबहाली


२ बैशाख २०८१, आइतबार


काठमाडौँ । गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) माधवप्रसाद उपाध्यायले पदबहाली गरेका छन् ।

एक कार्यक्रमकाबिच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका उपाध्यायले आइतबार पदबहाली गरेका हुन् ।

गत चैत्र २५ गते बुधबार बसेको बैंकको सञ्चालक समितिको ३०४औं बैठकले बैंकको नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत उपाध्यायलाई २०८१ वैशाख १ गतेदेखि लागू हुने गरी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

व्यवस्थापनमा स्नातकोत्तर गरेका उपाध्याय गरिमा विकास बैंकमा संस्थापना कालदेखि कार्यरत रहनुका साथै विगत १५ वर्षदेखि कम्पनी सचिवको रूपमा र विगत ११ वर्षदेखि नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस