सहकारीको मुद्दा पार्टीगत होइन, अर्बौँ बचत हिनामिनाको विषय हो : देउवा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सहकारीको मुद्दा पार्टीगत होइन, अर्बौँ बचत हिनामिनाको विषय हो : देउवा


२ बैशाख २०८१, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सहकारीको मुद्दा पार्टीगत नभएको बताएका छन् ।

आइतबार बसेको संसदीय दलको बैठकमा काँग्रेसले उठाएको माग पार्टीगत नभई लाखौँ सहकारी पीडितको अर्बौँ बचत हिनामिनाको विषय भएको बताएका छन् ।

‘यस्तो गम्भीर विषयलाई संसदीय छानबिन समिति बनाई यथार्थ विषयवस्तु बाहिर ल्याउन माग गरिएकोमा यसलाई सरकारले छल्ने उद्देश्यले संसद् नै बन्द गर्ने निर्णय गरेको छ,’ देउवाले बैठकमा भने ।

आइतबारदेखि गरिएको संसद् बैठक अन्त्यले सरकार सहकारी पीडितका पक्षमा नभएको देउवाले बताए ।

सरकार सुशासनको पक्षमा नरहेको र गैर जिम्मेवारी रूपमा प्रस्तुत भएको संसद् बैठक अन्त्यले पुष्टि गरेको उनले बताए ।

सहकारी पीडित र सुशासनको पक्षमा दृढतापूर्वक उभिएर आवाज उठाइरहन उनले सांसदहरूलाई निर्देशन दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस