आज सुनको मूल्य घट्यो  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

आज सुनको मूल्य घट्यो 


२ बैशाख २०८१, आइतबार


काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार २०० रुपैयाँ घटेको हो । 

आइतबार छापावाल सुन प्रतितोला एक लाख ३६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन उक्त सुन एक लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । 

आज चाँदीको मूल्य भने तोलामा ५० रुपैयाँ घटेको छ । चाँदी तोलामा एक हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस