समृद्धिका लागि कृषि र पर्यटनमा जोड दिनुपर्छ : मन्त्री महासेठ « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

समृद्धिका लागि कृषि र पर्यटनमा जोड दिनुपर्छ : मन्त्री महासेठ


३० चैत्र २०८०, शुक्रबार


सिरहा । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले देश समृद्ध बनाउन कृषि र पर्यटनको विकासमा जोड दिनुपर्ने बताएका छन् ।   

आजदेखि सिरहाको लहानमा जिल्ला उद्योग वाणिज्य सङ्घ सिरहाको आयोजनामा सुरु भएको ‘लहान एक्पो : मधेस प्रदेश अन्तर्राष्ट्रिय महोत्सव २०८०’ को उद्घाटन गर्दै उपप्रधानमन्त्री महासेठले देशको सबलता भनेकै कृषि र पर्यटन भएकाले सरकारले सो क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । 

“देशको आर्थिक वृद्धिदर कमजोर रहेको छ । त्यसको लागि नेपाली जनशक्तिलाई कृषिमा आकर्षित गरी उत्पादन र उत्पादकत्व वृद्धिमा लाग्नु आजको आवश्यकता हो । यसलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ”, उनले भने। 

सिराहा र मधेस प्रदेशमा रहेका धार्मिक तथा पर्यटकीय स्थलको विकासमार्फत पर्यटन प्रवर्द्धन गर्न आवश्यक रहेको भन्दै महासेठले धार्मिक, व्यापारिक मेला तथा महोत्सवले त्यस कार्यमा सहयोग पुग्नेसमेत बताए । 

‘समृद्धिको आधार, कृषि, पर्यटन उद्योग र व्यापार’ भन्ने मूल नाराका साथ आजदेखि सुरु भएको महोत्सव १० दिनसम्म चल्ने छ । महोत्सवमा नेपाल, भारत, पाकिस्तान र बङ्गलादेशका लगानीकर्ता, उत्पादक, वितरक, निर्यातकर्ताका एक सय २१ भन्दा बढी कक्ष राखिएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस