हट्यो माइतीघर-बानेश्वर क्षेत्रको निषेधाज्ञा  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

हट्यो माइतीघर-बानेश्वर क्षेत्रको निषेधाज्ञा 


३० चैत्र २०८०, शुक्रबार


काठमाडौँ । काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म लगाएको निषेधाज्ञा हटाईएको छ ।

काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै यसअघि स्थानीय प्रशासन ऐन, २०२८ को दफा-६ को उपदफा (३) (क) बमोजिम दुई महिनादेखि लगाइएको निषेधाज्ञा शनिबारदेखि हटाएको जानकारी गराएका छन् । 

काठमाडौँमा प्रशासनले गएको दुई महिनादेखि माइतीघर-बानेश्वर क्षेत्रमा निषेधाज्ञाको आदेश गरेको थियो । निषेधाज्ञा हटाइएपछि उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकारप्रति सरकारको सम्मान रहेको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस