सामाजिक सञ्जाल र विद्युतीय माध्यमा रोक लगाइएका सामग्रीहरू पोस्ट नगर्न साइबर ब्युरोको अनुरोध « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सामाजिक सञ्जाल र विद्युतीय माध्यमा रोक लगाइएका सामग्रीहरू पोस्ट नगर्न साइबर ब्युरोको अनुरोध


३० चैत्र २०८०, शुक्रबार


काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल र विद्युतीय सञ्चार माध्यममा रोक लगाइएका सामग्रीहरू पोस्ट नगर्न अनुरोध गरेको छ । प्रचलित कानूनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरू पोस्ट तथा सेयर नगर्न ब्युरोले अनुरोध गरेको हो ।

‘विगत केही समयदेखि विभिन्न सामाजिक सञ्जालहरू र विद्युतीय सञ्चार माध्यमहरूमा प्रचलित कानूनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरू वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदायबिचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गर्ने, लाईक गर्ने, ट्याग गर्ने, कमेन्ट गर्ने र रि-पोस्ट गर्ने जस्ता गतिविधि बढी रहेको सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोको गम्भीर ध्यान आकर्षण भएको छ,’ ब्युरोका उप-निर्देशक एवं प्रहरी उपरीक्षक दिपक राज अवस्थीद्वारा जारी सूचनामा भनिएको छ, ‘तसर्थ प्रचलित कानूनले बन्देज गरेका यस्ता गतिविधि नगर्न/नगराउन हुन् साइबर ब्युरो सबैमा अनुरोध गर्दछ ।’ 

कानूनको उल्लङ्घन हुने कुनै गतिविधि भए गरेको पाइएमा विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाही हुने अवस्थीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस