ग्रामीण लघुवित्त वित्तीय संस्थाका कर्मचारीमाथि भ्रष्टाचार मुद्दा दायर  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

ग्रामीण लघुवित्त वित्तीय संस्थाका कर्मचारीमाथि भ्रष्टाचार मुद्दा दायर 


३० चैत्र २०८०, शुक्रबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका कर्मचारीविरुद्ध मुद्दा दायर गरेको छ । भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो । 

किर्ते (बनावटी) सदस्य बनाई विना धितो कर्जा दिएको, ऋणीबाट असुली भएको सावा तथा व्याज रकम असुली नदेखाई जग्गा खरिदमा प्रयोग गरेको र पशु कर्जारधितो कर्जा दिँदा कमिसन खाएको भन्दै अख्तियारले संस्थाका वरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारीमाथि हानी नोक्सानी गरेको अभियोग लगाएको हो ।

२०६८/६९ देखि सार्वजनिक पदमा रहँदा उनले १९ लाख २ हजार २३७ रुपैयाँ अपचलन तथा हिनामिना गरेको अख्तियारको दाबी छ । साथै अख्तियारले सोही बराबरको बिगो माग दाबी गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस