एमालेले बोलायो सचिवालय बैठक « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

एमालेले बोलायो सचिवालय बैठक


३० चैत्र २०८०, शुक्रबार


काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । आइतबार दिउँसो पार्टी कार्यालय च्यासलमा बस्ने गरी बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारीबारे छलफल हुने बताए ।

उनले भने, ‘महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा पेश गर्ने सांगठानिक र राजनीतिक प्रतिवेदनहरूको विषयमा बैठकमा छलफल हुन्छन् । त्यसबाहेक पछिल्ला समसामयिक विषयमा पनि सामान्य छलफल भइहाल्छन् ।’

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक वैशाख ८ देखि १० गतेसम्म बस्दैछ । गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा बस्ने परिषद् बैठकमा करिब २ हजार १५३ जना सहभागी हुनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस