बाजुराको जगन्नाथमा १० शैय्याको अस्पताल सञ्चालनमा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बाजुराको जगन्नाथमा १० शैय्याको अस्पताल सञ्चालनमा


३० चैत्र २०८०, शुक्रबार


काठमाडौँ। बाजुराको जगन्नाथ गाउँपालिकामा १० शैय्याको अस्पताल सञ्चालनमा आएको छ । एक स्थानीय तह एक अस्पताल अन्तर्गत अस्पताल बनेको गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीले बताए ।

बाजुराका ९ वटा स्थानीय तहमध्ये जगन्नाथ गाउँपालिकाले पहिले अस्पताल निर्माण गरी सञ्चालनमा ल्याएको छ । अस्पताल सञ्चालनमा ल्याइए पनि जनशक्ति र उपकरणको अभाव रहेको गाउँपालिका अध्यक्ष शाहीले बताए ।

चिकित्सक नभएका कारण अस्पताल हेल्थ असिस्टेन्ट र स्टाफ नर्सले चलाइरहेका छन् । १० शैय्या अस्पतालमा २ जना एमबीबीएस चिकित्सकसहित २२ जना कर्मचारी रहने व्यवस्था छ ।

गाउँपालिकाले कोरोना महामारीका बेला कोरोना विशेष अस्पताल सञ्चालन गरेको थियो । त्यो बेला स्थानीय तहले केही स्वास्थ्यकर्मी करारमा राखेको थियो ।

अस्पताल ११ करोड ७८ लाख ४५ हजार रुपैयाँ लागतमा निर्माण भएको हो । २०७८ जेठ १ देखि खड्कापूर्णा जेबी निर्माण सेवा सुर्खेतले निर्माण कार्यको सम्झौता गरेर काम सुरु गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस