मन्त्रिपरिषद् बैठक एक बजे बस्दै, केही सचिव सरुवा हुन सक्ने  « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

मन्त्रिपरिषद् बैठक एक बजे बस्दै, केही सचिव सरुवा हुन सक्ने 


३० चैत्र २०८०, शुक्रबार


काठमाडौँ । मन्त्रिपरिषद् बैठक शुक्रबार(आज) बस्दै छ । बैठक दिउँसो १ बजेका लागि तय भएको बताइएको छ । 

बिहीबारलाई बोलाइएको बैठक नियमित बैठक आज बिहान १० बजे बस्ने भनिएको थियो तर पुनः सो समय पनि सारेर १ बजेलाई पुर्‍याइएको एक मन्त्रीले प्रशासनलाई जानकारी दिए । 

बैठकले मन्त्रालयहरूका नियमित प्रस्तावहरूबारे छलफल तथा निर्णय गर्नुका साथै केही सचिवहरूको सरुवा पनि गर्ने बुझिएको छ । केही दिन अघि भएको सचिव सरुवामा छुटपुट, संशोधन तथा मिलान गरिने स्रोतको भनाई छ । 

युवा तथा खेलकुद मन्त्रालय, वित्त आयोग तथा राष्ट्रिय तथ्याङ्क आयोग गरी तीन सचिव पद संघीय सरकारमै रिक्त छ भने यता प्रदेशतिर पनि कतिपय निमित्तको जिम्मा छन् तर यता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भने बरन्डा(अतिरिक्त)मा राखिएको छ । व्यवस्थापनमा देखिँदै आएको जटिलताले निजामतीको उपल्लो तहसमेत लथालिङ्ग हुँदै आएको छ । जसबारे सोच्ने फुर्सद न प्रशासनिक नेतृत्वलाई छ न त राजनीति नै । 

Tags :
प्रतिक्रिया दिनुहोस