डा. शेखर कोइरालाले भने-काँग्रेस र एमाले मिलेर निर्वाचन प्रणाली बदल्नुपर्छ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

डा. शेखर कोइरालाले भने-काँग्रेस र एमाले मिलेर निर्वाचन प्रणाली बदल्नुपर्छ


२९ चैत्र २०८०, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सरकारको स्थायित्व र आर्थिक विकासका लागि निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने बताएका छन्।

बिहीबार घोराहीमा दोस्रो जिल्ला सम्मेलनमा बोल्दै कोइरालाले पटक-पटक सरकार परिवर्तन हुँदा र त्यसको असर प्रत्यक्ष निर्वाचनमा देखिने भएकाले निर्वाचन प्रणालीका बारेमा पुनर्विचार गर्नुपर्ने बताएका हुन् । त्यसका लागि नेपाली काँग्रेस र नेकपा एमालेबीच सहमति हुनुपर्ने उनको भनाइ थियो। 

‘संविधानसभाबाट निर्माण गरिएको संविधान उत्कृष्ट हुँदाहुँदै पनि केही कमजोरीहरू देखिए, ‘उनले भने, ‘कमजोरीकै कारण संविधान निर्माणपछिका कुनै पनि दलको बहुमत ल्याउन नसक्दा स्थायी सरकार भएन। त्यसैले अब संविधानमा संशोधन गर्न आवश्यक छ।’

कोइरालाले नेपाली काँग्रेस र नेकपा एमाले मिलेर समानुपातिक प्रतिनिधित्व कायम हुने गरी निर्वाचन प्रणालीका बारेमा ठोस कदम चाल्नुपर्ने बताए। 

‘निर्वाचन प्रणाली परिवर्तन गर्न दुई ठूला पार्टी एकै ठाउँमा उभिनुपर्छ,’ उनले भने, ‘अस्थिरताका कारण देशमा आर्थिक मन्दीका कारण धेरै व्यवसायमा सटर डाउनको अवस्था सिर्जना भएको छ।’ 

Tags :
प्रतिक्रिया दिनुहोस