पाकिस्तानमा बस पल्टिँदा १७ जनाको मृत्यु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पाकिस्तानमा बस पल्टिँदा १७ जनाको मृत्यु


२९ चैत्र २०८०, बिहिबार


काठमाडौँ । इद उल फितर मनाइरहेका बेला पाकिस्तानका तीर्थालुहरु बोकेको बस दुर्घटनामा परेको छ । बस दुर्घटनमा परेर १७ तिर्थालुको ज्यान गएको छ भने ५० जनाभन्दा धेरै घाइते भएका छन् ।

जर्मनीको विश्व च्यानल डिडब्लूका अनुसार पाकिस्तानको दक्षिण पश्चिम क्षेत्रमा भएको बस दुर्घटनामा परेर उक्त घटना भएको हो । क्षमता भन्दा धेरै यात्रु बोकेको बस दुर्घटना परेको बताइएको छ । दक्षिणी प्रान्त बालुचिस्तान प्रान्तमा भएको धार्मिक धाममा गएको बस गन्तव्य पुग्नु भन्दा २५ किलोमिटर अगाडि दुर्घटनामा परेको हो ।

तीव्र गतिमा भएको बस घुम्तीमा नियन्त्रणमा आउन नसकेर दुर्घटना परेको पाकिस्तानी अधिकारी मुनिर अहमदले बताएका छन् । उनका अनुसार चालक भने हाम फालेर बच्न सफल भएका छन् । पाकिस्तान विश्वको सबैभन्दा धेरै सवारी दुर्घटनमा हुने देश हो ।

Tags :
प्रतिक्रिया दिनुहोस