अध्यक्ष लिङ्देनले भने-राजनीतिलाई छोराछोरी पाल्ने पेसा बनाइयो « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

अध्यक्ष लिङ्देनले भने-राजनीतिलाई छोराछोरी पाल्ने पेसा बनाइयो


२९ चैत्र २०८०, बिहिबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले राजनीतिलाई छोराछोरी पाल्ने पेसा बनाइएको बताएका छन् ।

बिहीबार काठमाडौँमा आयोजित ‘गंगादेवी थपलियाको जीवन यात्रा’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले राजनीति लेखपढले मात्र नहुने बताए । उनले पछिल्लो दिनमा राजनीति विकृत भएको बताए ।

अध्यक्ष लिङ्देनले राजनीति भन्ने बित्तिकै ओढ्ने, ओछ्याउने व्यवसाय जस्तो र छोराछोरी पाल्ने पेसा जस्तो सोचिरहेको बताए । उनले राजनीति भन्ने बित्तिकै मानिसहरू डराउने अवस्था सिर्जना भएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस