सागरले बनाए तीन नयाँ राष्ट्रिय कीर्तिमान « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

सागरले बनाए तीन नयाँ राष्ट्रिय कीर्तिमान


२९ चैत्र २०८०, बिहिबार


काठमाडौँ । भारोत्तोलन खेलाडी सागर भण्डारीले तीन नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्। उनले आफ्नै कीर्तिमानमा सुधार गर्दै १०९ केजीमाथि तौल समूहमा नयाँ कीर्तिमान बनाएका हुन्।

उनले थाइल्यान्डमा भएको आइडब्लूएफ विश्वकप २०२४ स्नाचमा १३४ केजी, क्लिन एन्ड जर्कमा १७२ केजी र कुलमा ३०६ केजी भार उचाल्दै तीन वटा नयाँ कीर्तिमान बनाएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ।

यसअघि उनले गत असोजमा चीनमा भएको एसियाली खेलकुदमा स्नाचमा १३३ केजी उचालेका थिए।

यस्तै उज्वेकिस्तानमा भएको एसियन च्याम्पियनसिपमा १७१ केजी उचालेका थिए।

समग्रमा उनले यसअघि ३०३ केजी उचालेकोमा अहिले ३०६ केजी उचालेर नयाँ कीर्तिमान बनाए। कुलमा ३ सय केजी माथि उचाल्ने सागर एक्ला नेपाली हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस