समाजवादी मोर्चामा सहभागी दलहरू चाँडै एकै ठाउँमा हुने ‘प्रचण्ड’को दाबी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

समाजवादी मोर्चामा सहभागी दलहरू चाँडै एकै ठाउँमा हुने ‘प्रचण्ड’को दाबी


२९ चैत्र २०८०, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनमा सहभागी एकताबद्ध हुने वातावरण बन्दै गएको दाबी गरेका छन् ।

माओवादी केन्द्र कोशी प्रदेश केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई सम्बोधन गर्दै समाजवादी मोर्चामा सहभागी दलहरुबीच चाँडै एकताबद्ध हुने बताए ।

उनले भने, ‘माओवादी आन्दोलनका सहभागीहरू सबै एकताबद्ध हुनुपर्छ । समाजवादी मोर्चामा सहभागी साथीहरू चाँडै एकताबद्ध हुनुपर्छ भन्नेमा हुनुहुन्छ । बाँकी साथीहरू पनि एकताको विकल्प छैन भन्नेमा पुग्नुभएको छ । हामी सबै एक ठाउँमा हुनेछौँ ।’

माओवादी आन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा गर्दै संघीयता, समावेशिता एवं धर्मनिरपेक्षताजस्ता उपलब्धिलाई उल्ट्याउने प्रयास भइरहेकाले बताए । आफूले नेतृत्व गरेको सरकारको कामले जनतामा सकारात्मक आशा जागेको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस