आर्थिक रूपले महिलालाई पुरुषसँग चुनावी प्रतिस्पर्धा गर्न चुनौती « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

आर्थिक रूपले महिलालाई पुरुषसँग चुनावी प्रतिस्पर्धा गर्न चुनौती


२९ चैत्र २०८०, बिहिबार


काठमाडौँ । बागमती प्रदेश सभा सदस्य लक्ष्मी घिमिरेले महिलाहरूलाई स्वतन्त्र रूपमा चुनावमा लड्ने वातावरण नभएको बताएकी छन् । पछिल्लो समय चुनाव महँगो हुँदै गएको र महिलाहरूलाई पुरुषहरूसँग प्रतिस्पर्धा गर्न चुनौती थपिएको बताएकी छन् ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा सांसद घिमिरेले भनिन् ‘आर्थिक रूपले महिलाहरूलाई पुरुषहरूसँग प्रतिस्पर्धा गर्न चुनौती थपिएको छ, यस कारणले गर्दा महिला-महिलाबीच प्रतिस्पर्धा गर्न आवश्यक छ । ’

‘सांसद घिमिरेले महिलालाई नेतृत्वमा पुर्‍याउन आर्थिक सशक्तीकरण र उच्च शिक्षामा जोड दिनुपर्ने बताइन् । महिलाहरूलाई नेतृत्व तहमा पुर्‍याउने मुख्य पक्ष भनेको आर्थिक र शिक्षा नै हो जसले धेरै महिलाहरू नेतृत्वमा आउन सक्दछन्, ’उनले भनिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस