रक्षा र भौतिक मन्त्रीसहित ओलाङचुङगोला पुगे ओली « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

रक्षा र भौतिक मन्त्रीसहित ओलाङचुङगोला पुगे ओली


२९ चैत्र २०८०, बिहिबार


काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ताप्लेजुङको ओलाङचुङगोला पुगेका छन्।

सडक र सीमा क्षेत्र अवलोकनका लागि रक्षा मन्त्री हरि उप्रेती र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई लिएर अध्यक्ष ओली बिहीबार पूर्वी नाका ओलाङचुङगोला पुगेका हुन्।

उनी पूर्वी नाका ओलाङचुङगोला अवलोकनका लागि गएको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए। ओलीसहित मन्त्रीहरू र सचिव भट्टराई नेपाली सेनाको हेलिकप्टर चढेर गएका हुन्।

अध्यक्ष ओली बिहीबार नै काठमाडौँ फर्कने उनले बताए।

निर्माणाधीन तमोर करिडोरले ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित लेलेप-ओलाङ्चुङगोलालाई भर्खरै जोडेको छ। गत फागुन ८ गते तमोर करिडोरको ट्र्याक ओलाङचुङगोलासम्म जोडिएको थियो।

त्यहाँबाट चीनको सीमासम्म २२ किलोमिटर ट्र्याक खन्न बाँकी रहेको छ। तीन हजार २०० मिटर उचाइमा रहेको ओलाङचुङगोलासम्म पुग्ने ट्र्याक खन्ने काम २०७४ फागुनबाटै सुरु भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस