गौश्वाराको सिद्धभूमे सामुदायिक वनमा चिया खेती « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

गौश्वाराको सिद्धभूमे सामुदायिक वनमा चिया खेती


२९ चैत्र २०८०, बिहिबार


गलेश्वर (म्याग्दी) । म्याग्दीको बेनी नगरपालिका-२ गौश्वाराको सिद्धभूमे हरियाली सामुदायिक वनमा चियाखेती सफल भएको छ ।

सामुदायिक वनको १० रोपनी क्षेत्रफलमध्ये चार रोपनीमा परीक्षणका रूपमा गरिएको चियाखेती सफल भएको सिद्धभूमे हरियाली सामुदायिक वन उपभोक्ता समितिका सदस्य खिमबहादुर मल्लठकुरीले जानकारी दिए ।

समुद्री सतहदेखि दुई हजार दुई सय मिटरको उचाइमा रहेको गौश्वारामा सात वर्षअघि गोल्डेन जातको चियाका पाँच हजार बिरुवा परीक्षणको रूपमा लगाइएको थियो । तिनै बिरुवा हुर्केर अहिले सो क्षेत्र चियाको वनमा रूपान्तरण भएको छ । ‘हामीले परीक्षणको रूपमा लगाएका बिरुवाले यस वर्षदेखि उत्पादन दिएका छन्’, उनले भने ‘चिया खेती निकै राम्रो भएको छ । आगामी दिनमा  बिरुवा थप्ने योजनामा छौँ ।’ गौश्वारा गाउँ शीतोष्ण हावापानी भएको र पूर्वतर्फ फर्किएको जैविक विविधताले सम्पन्न नमूना गाउँ हो ।

Tags :
प्रतिक्रिया दिनुहोस