लन्डन म्याराथनमा नेपालका गोपीचन्द्र पार्कीले प्रतिस्पर्धा गर्ने « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

लन्डन म्याराथनमा नेपालका गोपीचन्द्र पार्कीले प्रतिस्पर्धा गर्ने


२८ चैत्र २०८०, बुधबार


काठमाडौँ । नेपालका धावक गोपीचन्द्र पार्कीले लन्डन म्याराथनमा प्रतिस्पर्धा गर्ने भएका छन् । लन्डन म्याराथन आउँदो अप्रिल २१ मा हुँदैछ ।

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा पाँच हजार पाँच हजार मिटर दौडमा स्वर्ण जितेका गोपीचन्द्र यस पटक लन्डन म्याराथनमा नेपालको तर्फबाट सहभागी हुने भएका हुन् । त्यसका लागि धावक गोपीचन्द्र शुक्रवार बेलायत प्रस्थान गर्दैछन् ।

आज एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ र नेपालगञ्ज म्याराथनका अध्यक्ष टीएस ठकुरीलगायतले उनलाई बिदाइ गरेका छन् ।

नवौँ धारा नेपालगञ्ज म्याराथनको उपाधि जित्दै गोपीचन्द्र लन्डन म्याराथनका लागि छनोट भएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस