आफ्नै नेतृत्वमा सरकारको पहल गर्ने रेशम चौधरी पक्षको निर्णय « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

आफ्नै नेतृत्वमा सरकारको पहल गर्ने रेशम चौधरी पक्षको निर्णय


२८ चैत्र २०८०, बुधबार


काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले आफ्नै नेतृत्वमा सरकार बनाउने गरी छलफल अगाडि बढाएको छ ।

आज सरकारका एक मन्त्रीको सरकारी क्वाटरमा नाउपा नेता रेशम चौधरीको उपस्थितिमा भएको छलफलमा पदमुक्त भएकी सांसद इन्द्रिरा गिरिसहित सबै सांसदहरू उपस्थित थिए ।

संसदीय दलका नेता रहेका घनश्याम चौधरी, संसदीय दलको नेताको नयाँ जिम्मेवारी पाएका कैलाश चौधरी काम चलाउ प्रदेश सरकारका दुई मन्त्री लक्ष्मण किशोर चौधरी र खुशीराम चौधरी तथा सांसद टिका थापाको उपस्थितिमा नाउपा कै नेतृत्वका सरकार गठन गर्ने विषयमा करिब समझदारी एक नेताले जानकारी दिए । उनले तत्काल बहुमत पुग्ने दलहरूसँग सहकार्य गरेर सरकार गठन गर्ने विषयमा छलफल अगाडी बढेको बताए ।

उनले सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी एक ठाउँमा रहेको समेत जिकिर गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस