यूएन महासचिव गुटेरेस र सार्कका महासचिव सरवारबीच भेटवार्ता « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

यूएन महासचिव गुटेरेस र सार्कका महासचिव सरवारबीच भेटवार्ता


२८ चैत्र २०८०, बुधबार


काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव गोलम सरवारले संयुक्त राष्ट्र संघ (यूएन) का महासचिव एन्टोनियो गुटेरेससँग न्युयोर्कमा भेटवार्ता गरेका थिए ।

उक्त अवसरमा महासचिव गुटेरेसले यूएनले सार्कसँग थप बलियो सहकार्य गर्न चाहेको बताएका थिए । सार्क सचिवालयद्वारा जारी विज्ञप्तिअनुसार यूएनका महासचिव गुटेरेसलाई सार्कलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सन् २००४ देखि यूएन सार्कको पर्यवेक्षक पनि हो । उक्त अवसरमा सार्कका महासचिव सरवारले गुटेरेसलाई धन्यवाद दिँदै सार्क सचिवालयले युएनसँग सहकार्य गरेर काम गर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस