लेखापरीक्षकसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

लेखापरीक्षकसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा 


२८ चैत्र २०८०, बुधबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखापरीक्षक सहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा सदाशिव प्राथमिक विद्यालय, कास्कीकोट, कास्कीका तत्कालीन प्रधानाध्यापक कृष्ण प्रसाद सुवेदी र लेखापरीक्षक कृष्ण प्रसाद गौतमविरुद्ध मुद्दा दायर गरिएको हो । 

साविक कास्कीकोट गा.वि.स वडा नं १ स्थित सदाशिव प्राथमिक विद्यालयका प्रधानाध्यापकले हिसाब किताब आम्दानी खर्च विवरणको हरहिसाब नबुझाएको, लेखापरीक्षण प्रतिवेदन यथार्थ नभएको, विद्यालय व्यवस्थापन समितिले लेखापरीक्षण प्रतिवेदनमा भएको शङ्काको बारेमा निर्णय गरेकोमा उक्त प्रतिवेदनमा पनि स्क्यानिङ गरीशीर्षक मिलान गरेको अख्तियारको दाबी छ । 

आर्थिक वर्ष २०६८ साल श्रावणदेखि ०६९ आषाढ र आर्थिक वर्ष २०६९ साल श्रावणदेखि ०७० आषाढ महिनासम्मको आम्दानी खर्च विवरणमा आयतर्फका शीर्षकहरूमा जिल्ला शिक्षा कार्यालय कास्कीबाट निकासा भएको रकम आय शीर्षकमा नदेखाई नभए/नगरेको आम्दानीलाई लेखापरीक्षण प्रतिवेदनमा भए/गरेको देखाई नभए/नगरेको कामलाई खर्च पुस्ट्याइँ गर्ने बिल भरपाई समावेश नगरी लेखापरीक्षण प्रतिवेदनमा प्रविष्ट गरी, लेखापरीक्षण प्रतिवेदन विद्युतीय माध्यमबाट तयार गरी, विद्यालयको रकम लिने/खाने नियत राखी विद्यालयमा भएको भवन निर्माण समितिको निर्णयमा आफूखुसी थपघट समेत गरी, नेपाल सरकारलाई हानि नोक्सानी पुर्‍याउने वद्‌नियतले विद्यालयको रु.तीन लाख, ७७ हजार, २३६ हानि नोक्सानी गरी भ्रष्टाचारजन्य कसुर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । 

Tags :
प्रतिक्रिया दिनुहोस