काँग्रेसले भन्यो-गृह मन्त्री भएपछि लामिछाने माथिको अनुसन्धान रोकियो « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

काँग्रेसले भन्यो-गृह मन्त्री भएपछि लामिछाने माथिको अनुसन्धान रोकियो


२८ चैत्र २०८०, बुधबार


काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने माथिको प्रहरी अनुसन्धान रोकिएको आशङ्का गर्दै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सरकारमाथि प्रश्न गरेको छ ।

बुधबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर पार्टीको तर्फबाट बोल्दै सांसद रामहरि खतिवडाले यस्तो बताएका हुन् ।

‘काठमाडौँबाट सीआइबीले दुई जना प्रहरी प्रदीप क्षेत्री र रवि घिमिरेलाई पोखरामा छानबिन गर्न पठायो । छानबिनले लामिछाने सहकारी ठगीमा संलग्न भएको रिपोर्ट तयार गर्दै थियो सत्ता समीकरण परिवर्तन भएपछि यो रिपोर्ट पनि परिवर्तन भयो भन्ने हामीलाई आशङ्का भयो’ सांसद खतिवडाले भने ।

जसमाथि छानबिन हुँदै थियो उही गृहमन्त्री भएपछि सहकारी पीडितहरू झन् समस्यामा परेको उनको भनाइ छ । आफूहरूले निष्पक्ष छानबिन आयोग बनाउन वा संसदीय छानबिन समिति बनाउन माग गर्दै आएको तर सरकारले नसुनेको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस