दमकको लाइफलाइन अस्पतालको भवनमा आगलागी « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

दमकको लाइफलाइन अस्पतालको भवनमा आगलागी


२८ चैत्र २०८०, बुधबार


दमक (झापा) । दमकस्थित लाइफलाइन अस्पताल नजिक मङ्गलबार राति आगलागी हुँदा दुई करोडभन्दा बढीको क्षति भएको छ ।

अस्पताल नजिक रहेको प्रेमबहादुर धिमालको घरबाट सल्केको आगो अन्य तीन घरमा फैलिँदा उक्त क्षति भएको हो ।

प्रहरी कार्यालय झापाका अनुसार धिमालको घरबाट सुरु भएको आगो अस्पतालको डायलिसिस गराउने भवनमा फैलिँदा अस्पतालका उपकरण र अन्य सामाग्री नष्ट भएका छन् ।

अस्पतालका अध्यक्ष डा। मुक्तिनाथ भट्टराईले डायलिसिस मेसिन काम नलाग्ने भएकाले अस्पतालको डायलिसिस सेवा पूर्ण बन्द भएको बताए । दमक नगरपालिका, कमल गाउँपालिका, पथरीशनिश्चरे नगरपालिका, उर्लाबारी नगरपालिकालगायत स्थानीय निकायका छ वटा वारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयको सहयोगमा आगो निभाइएको थियो ।

लामखुट्टे भगाउन बालिएको अण्डा राख्ने ‘क्यारेट’बाट आगो सल्किएको स्थानीयले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस