राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन आज « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन आज


२८ चैत्र २०८०, बुधबार


काठमाडौँ । राष्ट्रिय सभाको उपाध्यक्ष पदका आज निर्वाचन हुँदैछ । उपाध्यक्षका लागि मंगलबार दुई जनाको उम्मेदवारी दर्ता भएको थियो । 

नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली काँग्रेसका तर्फबाट छुट्टा छट्टै उम्मेदवारी दर्ता भएको हो । 

एमालेका तर्फबाट विमला घिमिरेले उम्मेदवारी दर्ता गराएकी थिइन् । घिमिरेको प्रस्तावकमा सांसद भगवती न्यौपाने र समर्थकमा सांसद गोपीबहादुर सार्की अछामी रहेका छन् । 

यस्तै, नेपाली काँग्रेसको तर्फबाट विष्णुदेवी पुडासैनीले उम्मेदवारी दर्ता गराएकी छिन् । पुडासैनीको प्रस्तावकमा सांसद दुर्गा गुरुङ र समर्थकमा सांसद नारायणदत्त भट्ट रहेका छन् । 

तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएपछि निर्वाचन हुन लागेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस