कर्णालीमा यामलाललाई मुख्यमन्त्री बनाउन दाबी पेस « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कर्णालीमा यामलाललाई मुख्यमन्त्री बनाउन दाबी पेस


२७ चैत्र २०८०, मंगलबार


काठमाडौँ । कर्णालीमा एमाले संसदीय दलका नेता यामलाल कँडेललाई मुख्यमन्त्री बनाउन गठबन्धनले दाबी पेस गरेको छ ।

प्रदेश प्रमुख तिलक परियारसमक्ष एमाले-माओवादी र नेकपा एसका गरी कूल २३ सांसदले हस्ताक्षरसहित नयाँ सरकार गठनका लागि दाबी पेस गरेका हुन् ।

कँडेलको पक्षमा एमालेका ९, माओवादीका १३ र नेकपा एसका १ जना सांसदले समर्थन जनाएका छन् । यस प्रदेशमा सरकार गठनका लागि २१ जना आवश्यक पर्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस