खानेपानीको समस्या समाधान गर्न लागिपरेको छु : मन्त्री राई « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

खानेपानीको समस्या समाधान गर्न लागिपरेको छु : मन्त्री राई


२७ चैत्र २०८०, मंगलबार


काठमाडौँ । खानेपानी मन्त्री राजेन्द्र कुमार राईले खानेपानी संस्थानको समस्या समाधान गर्न आफू लागिपरेको बताएका छन् । राजविराजमा ओभरहेड पानी पोखरी उद्घाटन गर्दै मन्त्री राईले यस्तो बताएका हुन् ।

राजविराज नगरपालिकामा सहज, सरल र स्वच्छ पिउने पानी वितरण गर्ने योजना सकारात्मक भएको बताए । राजविराज नगरपालिका वडा नं १ स्थित चनौरा पडरियामा २ करोड ५२ लाख ६९ हजारको लागतमा तयार गरेको र वडा नं ६ खर्साल टोलमा २ करोड ८१ लाख ४२ हजार रुपैयाँ लागतमा निर्माण भएको ४ सय ५० घनमिटर क्षमताको ओभरहेड पानी पोखरी उद्घाटन गरेका मन्त्री राईले उपभोक्ताको हितमा संस्थान जिम्मेवार भएर लाग्न आग्रह गरेका थिए ।

सञ्चालक समितिका अध्यक्ष गुणाखर भुसालको अध्यक्षता र मा भएको सभामा खानेपानी मन्त्रालयका सचिव सुरेशराज आचार्यले संस्थानले कर्मचारीको अभावकै बीच सेवा गरिरहेको चर्चा गर्दै आवश्यक सहयोग गर्न मन्त्रालय तयार रहेको धारणा राखेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस