उपचुनाव हुने क्षेत्रमा विद्यालय बन्द गरिने « प्रशासन
Logo १० जेष्ठ २०८१, बिहिबार
   

उपचुनाव हुने क्षेत्रमा विद्यालय बन्द गरिने


२७ चैत्र २०८०, मंगलबार


Nirbachan_nirwachan_election

काठमाडौँ । उपनिर्वाचन हुने इलाम-२ र बझाङ-१ मा विद्यालय बन्द गरिने भएको छ ।

निर्वाचन आयोगको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले मतदान स्थल तथा केन्द्र विद्यालयलाई बनाउने निर्णय गरेको छ । यसका लागि १३ र १४ गते दुई दिन विद्यालयमा सार्वजनिक बिदा दिन सरकारलाई आग्रह गरेको छ ।

निर्वाचन हुने क्षेत्रमा मतदानको दिन पनि बिदा हुनेछ । त्यसैले इलाम क्षेत्र नम्बर-२ र बझाङ प्रदेश सभा-१ मा ३ दिन विद्यालय बन्द हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस