मुख्यमन्त्री कार्कीलाई दीर्घकालीन असर गर्ने काम नगर्न आग्रह « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मुख्यमन्त्री कार्कीलाई दीर्घकालीन असर गर्ने काम नगर्न आग्रह


२७ चैत्र २०८०, मंगलबार


काठमाडौँ । सोमबार प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएका नेकपा एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्कीलाई दीर्घकालीन असर गर्ने काम नगर्न आग्रह गरेको छ ।

मंगलबार पत्रकार सम्मेलन गर्दै दुई दलले नयाँ कार्यक्रम स्वीकृत नगर्न, योजना काट्न र कर्मचारीको सरुवा नगर्न आग्रह गरेको हो । अल्पमतमा परेका मुख्यमन्त्रीले दीर्घकालीन असर गर्ने काम गर्न नहुने नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए ।

पत्रकार सम्मेलनमा उनले कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई विश्वासको मतका लागि समय दिने बताए ।

३० दिन भित्र विश्वासको मत नलिए ३१ दिनमा स्वतः पदमुक्त हुने उनको भनाइ छ । मुख्यमन्त्री कार्की भने विश्वासको मत नलिने र राजीनामा पनि नदिने अडानमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस