धितोपत्र बोर्ड अध्यक्षका पाँच प्रतिस्पर्धीले बिहीबार कार्ययोजना प्रस्तुत गर्ने « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

धितोपत्र बोर्ड अध्यक्षका पाँच प्रतिस्पर्धीले बिहीबार कार्ययोजना प्रस्तुत गर्ने


२७ चैत्र २०८०, मंगलबार


काठमाडौँ । नेपाल धितोपत्र बोर्ड अध्यक्षका प्रतिस्पर्धी पाँच जनाले आगामी बिहीबार आफ्ना कार्यायोजना प्रस्तुत गर्ने भएका छन् ।

अध्यक्ष छनोट समितिले बिहीबार कार्ययोजना प्रस्तुत गर्न ‘सर्टलिस्ट’ मा परेका ती पाँच जनालाई बोलाएको छ ।

सर्टलिस्टमा परेका पाँचको कार्ययोजना मूल्याङ्कन गरी उत्कृष्ट तीन जनाको नाम छनोट समितिले मन्त्रिपरिषदमा सिफारिस गर्ने छ । मन्त्रिपरिषद्‍मा सिफारिस भएका तीनमध्ये एक जनालाई अध्यक्ष नियुक्त गरिने छ ।

कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईँ, नवराज अधिकारी, मुक्ति श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठको नाम सर्टलिस्टमा परेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस