समानुपातिक सांसद फिर्ता बोलाउने अधिकार पार्टीलाई हुन्छ : सुदूरपश्चिमक सभामुख « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

समानुपातिक सांसद फिर्ता बोलाउने अधिकार पार्टीलाई हुन्छ : सुदूरपश्चिमक सभामुख


२७ चैत्र २०८०, मंगलबार


काठमाडौँ। सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले समानुपातिक सांसद पठाउने र फिर्ता बोलाउने अधिकार सम्बन्धित पार्टीको केन्द्रीय कमिटीमा निहित हुने बताएका छन् ।

नागरिक उन्मुक्ति पार्टीकी सांसद इन्दिरा गिरीलाई पार्टीले गरेको कारबाही सदर गरेपछि मंगलबार बिहान काँग्रेस र नाउपाका सांसदले संसदीय व्यवस्था ख्याल गर्न ध्यानाकर्षण गराएका थिए ।

लगत्तै सभामुख भण्डारीले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कानुनअनुसार समानुपातिक सांसद पठाउने र फिर्ता बोलाउने अधिकार सम्बन्धित राजनीतिक दलको केन्द्रीय कमिटीलाई हुने र गिरीको हकमा सोहीअनुसार निर्णय लिइएको बताएका हुन् ।

भण्डारीले प्रदेश सभा बैठक नचलेको अवस्थामा सूचना जारी गरेर जानकारी दिने प्रावधानमा आफू गएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस