दिदीबहिनी मृत फेला « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

दिदीबहिनी मृत फेला


२७ चैत्र २०८०, मंगलबार


सुदूरपश्चिम । कैलालीको मध्य क्षेत्रमा पर्ने घोडाघोडी नगरपालिका–१० थेबर गाउँमा आज दिदीबहिनी मृत फेला परेका छन् ।

स्थानीय कलेसु चौधरीका २७ वर्षीया छोरी श्रीमालु चौधरी र २२ वर्षीया इन्द्रा चौधरी आफ्नै घरको सुत्ने कोठाको धुरीमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदम विष्टले बताए ।

“प्रारम्भिक अनुसन्धानमा दुई दिदीबहिनीबीच विवाद रहेको देखिन्छ, दिदीले मुटु रोगको र बहिनीले डिप्रेसनको औषधि खाइरहेको बुझिएको छ,” घटनास्थल पुगेएका प्रहरी उपरीक्षक विष्टले भने, “घटनाका सम्बन्धमा अनुसन्धान थालिएको छ ।”

Tags :
प्रतिक्रिया दिनुहोस