शिक्षक, कर्मचारीले आफ्ना छोराछोरीलाई आफैँ कार्यरत विद्यालयमा पढाउनु पर्ने  « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

शिक्षक, कर्मचारीले आफ्ना छोराछोरीलाई आफैँ कार्यरत विद्यालयमा पढाउनु पर्ने 


२६ चैत्र २०८०, सोमबार


काठमाडौँ । सेन्टर मावि तुलसीपुरले व्यवस्थापन समिति, शिक्षक र कर्मचारीका छोराछोरीलाई सोही विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको छ ।

व्यवस्थापन समितिको बैठकले व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ त्यसै गरी विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले माविसम्म अनिवार्य सोही विद्यालयमा पढाउनुपर्ने बाध्यकारी नियम बनाएको छ ।

व्यवस्थापन समितिका सदस्य सुरेश रावतका अनुसार यस्तो निर्णय गर्नुअघि सबै शिक्षक र कर्मचारीलाई छोराछोरी आफैँ कार्यरत विद्यालयमा पढाउने लिखित प्रतिबद्धता समेत गराइएको छ ।

आफूले सरकारी विद्यालयमा पढाउने र छोराछोरीलाई निजी विद्यालयमा पढाउँदा शिक्षकको क्षमतामा प्रश्न उठ्ने भएकाले त्यसलाई रोकेर सरकारी विद्यालयप्रति सर्वसाधारणलाई आकर्षण गर्न यस्तो निर्णय गरिएको विद्यालय जनाएको छ । 

सेन्टर माविमा कार्यरत अधिकांश शिक्षक र कर्मचारीले छोराछोरीलाई निजी विद्यालयमा पढाउँदै आएका छन् । आगामी शैक्षिक सत्रदेखि छोराछोरी आफ्नै विद्यालयमा नपढाएमा शिक्षकलाई अन्यत्र सरुवा गरिने र कर्मचारीलाई सेवाबाट बिदा गरिने बताइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस