काठमाडौँ । सभामुख देवराज घिमिरेले बोलाएको दलहरूको नेताहरूको बैठक बिना निष्कर्ष टुङ्गिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित बसेको बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस आफ्नो अडानबाट पछि नहटेपछि बिना निष्कर्ष टुङ्गिएको हो ।
काँग्रेसले सहकारीको रकम अपचलनका विषयमा गृहमन्त्री रवि लामिछाने माथि छानविनको माग गर्दै संसदीय छानबिन समितिको माग गर्दै आएको छ ।
काँग्रेसले उठाएको विषयमा छलफलमा काँग्रेसको सकारात्मक जवाफ नआएको नेकपा एमालेका प्रमुख सचेतक महेश वर्तौलाले जानकारी दिए ।
संसदीय छानबिन समिति गठन नगरी कतिपय विषय संसद्को समितिबाट गर्न सकिने विकल्प रहेको उनले बताए ।