निर्दोष भए छानबिन समिति बनाउन किन अप्ठेरो ? भन्दै गृहमन्त्रीलाई प्रदीपको प्रश्न « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

निर्दोष भए छानबिन समिति बनाउन किन अप्ठेरो ? भन्दै गृहमन्त्रीलाई प्रदीपको प्रश्न


२६ चैत्र २०८०, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले गृहमन्त्री रवि लामिछानेलाई सरकारी प्रकरणमा निर्दोष भए संसदीय छानबिन समिति गठन गर्न किन तयार नभएको भन्दै प्रश्न गरेका छन् ।

सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा पौडेलले संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागबाट काँग्रेस पछि नहटेको बताउँदै गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्ने बताएका हुन् ।

उनले भने, ‘छानबिनका लागि निर्दोष छु भन्नेहरू किन तयार नहुनुभएको त रु निर्दोष भए त झनै छानबिन गरेर निर्दोष साबित हुनु राम्रो हुन्छ । दोषी नभएको अवस्थामा छानबिन समिति बनाउन किन अप्ठ्यारो भयो ।’

सांसद पौडेलले सरकारको संयन्त्र विश्वसनीय नभएकै कारण यसअघिका प्रकरणहरूमा पनि संसदीय छानबिन समितिहरू बन्ने गरेको स्मरण गराए ।

उनले सरकारले सुशासन कायम गर्न सुशासनका सबै मान्यतालाई अङ्गीकार गर्नुपर्ने भन्दै भ्रष्टाचार अन्त्य गर्न र सुशासन कायम गर्न आजसम्म भएका अनियमितताको छानबिन अपरिहार्य भएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस