एरिका गुरुङ अमेरिकामा ९ लाख बढी नगदसहित सम्मानित « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

एरिका गुरुङ अमेरिकामा ९ लाख बढी नगदसहित सम्मानित


२६ चैत्र २०८०, सोमबार


काठमाडौँ । १९औँ एसियाली खेलकुदकी रजत पदक विजेता कराँते खेलाडी एरिका गुरुङ अमेरिकामा ९ लाख बढी नगदसहित सम्मानित भएकी छन् ।

११औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता सुनिल लामाले स्थापना गरेको च्याम्पियन मार्सल आर्ट्स क्लब यूएसएको आयोजनामा एरिकालाई ७ हजार ११ अमेरिकी डलर (९ लाख भन्दा बढी नेपाली रुपैयाँ) र प्रमाणपत्र सहित सम्मान गरिएको हो ।

यूएसए ओपन कराँते च्याम्पियनसिपमा भाग लिनका‌ लागि अमेरिका पुगेकी ऐरीकालाई सम्मान गरिएको हो ।

उनलाई तमु परिवारले २ हजार ७ सय ५६, तमु सोसाइटीले ९५३, सुदूरपश्चिम समाजले ५५०, इन्टरनेशनल मार्सल आर्ट्स एसोसिएसन न्युयोर्कले १९०, मामा भान्जा ग्रुपले एक हजार १०, रेड पाण्डाले २ सय अमेरिकी डलर तथा बाँकी च्याम्पियन मार्सल आर्ट्स, खेलाडी, समाजसेवी तथा अन्य सहोगीहरुबाट रकम सङ्कलन भएको जनाइएका छ ।

यूएसए ओपनमा १८ देखि २१ वर्षको ६८ केजी तौल समूहमा स्वर्ण पदक जितेकी ऐरीकाले सोही तौल समूहको सिनियरमा रजत पदक जितेकी थिइन् ।

गत असोजमा चीनमा भएको १९औँ एसियाडमा ऐरीकाले रजत पदक जितेकी थिइन्। एसियाडमा रजत पदक जित्ने एरिका पहिलो नेपाली कराँते खेलाडी हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस