सभामुखले प्रमुख चार दलका शीर्ष नेताहरूसँग छलफल गर्दै « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सभामुखले प्रमुख चार दलका शीर्ष नेताहरूसँग छलफल गर्दै


२६ चैत्र २०८०, सोमबार


काठमाडौँ । सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने स्वयम् मुछिएको भन्दै नेपाली काँग्रेसले संसदीय छानबिन समिति गठन गर्न माग राखेर संसद्मा अवरोध गरिरहेको विषयमा सभामुख देवराज घिमिरेले पहल लिएका छन् । 

सभामुख घिमिरेले सोमबार त्यसबारे छलफल गर्न संसद्मा रहेका प्रमुख चार दललाई छलफलका लागि बोलाएका छन् । सोमबार बिहान साढे १० बजे सभामुखको कार्यकक्ष सिंहदरवारमा बस्ने बैठकमा शीर्ष नेतालाई छलफलका लागि बोलाएको छ । 

प्रतिनिधिसभाको अर्को बैठक मंगलबारका लागि बोलाइएको छ । काँग्रेसले अघिल्लो बैठकमा अर्को बैठकमा संसदीय समिति गठन गरेरमात्रै आउन भन्दै सरकारलाई अल्टिमेटम दिएको थियो । 

सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार आइतबार चार जना नेतासँग टेलिफोनमा कुरा गरेर सभामुख घिमिरेले छलफलको समय निर्धारण गरेका हुन् ।

अधिकारीका अनुसार  प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति रवि लामिछानेलाई छलफलका लागि बोलाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस