सम्पत्ति शुद्धीकरण मुद्दामा न्यौपाने दोषी ठहर « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

सम्पत्ति शुद्धीकरण मुद्दामा न्यौपाने दोषी ठहर


२६ चैत्र २०८०, सोमबार


काठमाडौँ । नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा दोषी ठहर भएका छन् । एकपछि अर्को आर्थिक विवाद र अनियमिततामा मुछिएका न्यौपानेसहित ९ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७८ सालमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

आइतबार विशेष अदालतले न्यौपानेको कसुर ठहर गर्दै सजाय निर्धारणको लागि पेस गर्ने आदेश दिएको हो । सजाय निर्धारणका लागि वैशाख १६ गते पेशी तोकिएको छ । प्रतिवादी बनाइएका राम रत्न उपाध्यायसहित अन्य ८ जनाले भने सफाइ पाएका छन् ।

विशेष अदालतका अनुसार न्यौपानेले १२ करोड ८४ लाख ८७ हजार रुपैयाँ गैरकानूनी रुपमा अपचलन गरेका थिए । न्यौपाने नेपाल इन्जिनियरिङ कलेजमा २०५६ असार १८ देखि २०५७ मंसिर ७ गतेसम्म पहिलो कार्यकाल र २०७० मंसिर २३ देखि २०७५ असोज १५ गतेसम्म दोस्रो कार्यकाल अध्यक्ष रहेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस