आर्थिक कार्यविधि विधेयक फिर्ता लिन सरकारले दियो स्वीकृति « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

आर्थिक कार्यविधि विधेयक फिर्ता लिन सरकारले दियो स्वीकृति


२५ चैत्र २०८०, आइतबार


काठमाडौँ । सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८० फिर्ता लिएको छ ।

यो विधेयक अर्थमन्त्री वर्षमान पुनले चैत ९ गते प्रतिनिधि सभामा दर्ता गरेका थिए । तर चैत २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले विधेयक फिर्ता लिन अर्थ मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

यसअघि सरकारले बजेट आउनु भन्दा तीन महिना अगाडि नै अर्को आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता संसद्‌मा पेश गर्नुपर्ने गरी अध्यादेश ल्याएको थियो । उक्त अध्यादेशले संशोधन गरेका र अन्य केही व्यवस्था समेत थपेर अर्थमन्त्री पुनले संशोधन विधेयक ल्याएका थिए ।

४ माघ २०८० मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश जारी भएको थियो । जसले जेठ १५ गते बजेट आउनु भन्दा तीन महिना अगावै आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता संसद्‌मा पेश गर्नुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था अनुसार प्रतिनिधि सभा र राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको बजेटको प्राथमिकताबारे छलफल सकिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस